शनिबार, श्रावण ३० गते २०८३
images
images

नेपालले भारतबिरुद्ध खेल्दै

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 212
    SHARES
  • नेपालले भारतबिरुद्ध खेल्दै

    काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा आज नेपालले बलियो टोली भारतसँग खेल्दै छ ।

    images

    ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भारतबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

    नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ।

    images

    नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

    भारतसँग पराजित भएको खण्डमा नेपाल उपाधि होडबाट बाहिरिनेछ । बराबरी खेलेको खण्डमा बंगलादेश र भुटानबीचको अन्तिम खेल कुर्नुपर्ने हुन्छ ।

    भारत ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ । पहिलो खेलमा भुटानलाई फराकिलो अन्तरले हराएको भारतले दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल