काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा र एनएसजेएफबीच मैत्रीपूर्ण खेल भएको हो ।
उक्त मैत्रीपूर्ण खेलमा एन्फा टिमले एनएसजेएफलाई ५-१ गोल अन्तरले हराएको हो ।
एन्फाको जितमा किरण राईले दुई गोल गरे । सुवास न्यौपाने र नविन्द्र महर्जन र विकास नारायण श्रेष्ठले समान एक गोल गरे । यता एनएसजेएफका आशिष पुडासैनीले एक गोल गरे । खेलमा एक शून्य गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा एनएसजेएफ पराजित भएको हो ।



