बुधबार, श्रावण १३ गते २०८३
images
images

२० प्रतिशत खर्च कटौती गर्न सबै इकाइलाई केन्द्रले दियो यस्तो निर्देशन (पत्रसहित)

एक्सप्रेस पाना
माघ २५, २०७९ बुधबार
  • 315
    SHARES
  • २० प्रतिशत खर्च कटौती गर्न सबै इकाइलाई केन्द्रले दियो यस्तो निर्देशन (पत्रसहित)

    शिक्षा तथा मानव सोच विकास केन्द्रले विभिन्न इकाईको वार्षिक कार्यक्रम तथा बजेटमा हालसम्म खर्च भई बाँकी रहेको बजेटबाट खर्च कटौति गनै निर्देशन दिएको छ । अर्थमान्त्रालयले सरकारको आर्थिक व्यवस्थापका लागि आर्थिक वर्ष २०७९ ०८० मा विनियोजित बजेट अपर्याप्त हुन गएको भन्दै खर्च काटौती गर्न शिक्षा मन्त्रालयलाइ निर्देशन दिए पछि केन्द्रले सबै इकाइलाई निर्देशन हो ।

    images

    अर्थ मन्त्रालयले बाँकी बजेटबाट २० प्रतिशत खर्च कटौती गर्न निर्देशन दिएपछि केन्द्रले आज सूचना जारी गर्दै सबै शिक्षा विकास तथा समन्वय इकाइको खर्च तथा बजेट कटौती गरेको जनाएको छ ।

    कोभिड–१९ को प्रभाव, रसिया–युक्रेन यद्ध तथा अन्य विविध कारणबाट आर्थिक क्षेत्रमा परेको प्रतिकुल प्रभाव, तथा देश भित्रको आर्थिक गतिविधिमा सङ्कुचन हुन गएको र चालु आवको लक्ष्य अनुसारको राजस्व असुली नभएको र विपद् व्यवस्थापनका लागि बढ्न गएको व्ययभार लगायतका कारणले चालु खर्चको भार बढेको तथा अन्य आन्तरिक कारणले नेपाल सरकारको आर्थिक व्यवस्थापनका लागि आव २०७९–८० मा विनियोजित बजेट अपर्याप्त हुन गएको भनी अर्थ मन्त्रालयको पत्रबाट जानकारी र खर्च कटौती गर्न निर्देशन प्राप्त भएको सूचनामा उल्लेख छ ।

    images

    अर्थ मन्त्रालयको च.नं ४२१ मिति २०७९ माघ १७ एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. १६२ मिति २०७९ माघ २२ को पत्रानुसार केन्द्रले इकाइलाई खर्च कटौती तथा बजेट रोक्का गर्न निर्देशन दिएको हो ।

    हेर्नुहोस पत्र :

    https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-1502723183.pdf