हेटौंडा । पाँचौं संस्करणको स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय आमन्त्रित मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत आज सशस्त्र प्रहरी (एपीएफ) क्लब र सातदोबाटो क्लबबीच खेल हुदैछ ।
आइतबार पिप्ले-क्याम्पा रंगशालामा हुने खेल दिउँसो ३ बजेबाट सुरू हुनेछ ।
यस खेलको विजेताले क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
जारी प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस् क्लब, सातदोबाटो क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, मकवानपुर-११, वीरगञ्ज युनाईटेड पर्सा, एन आरटी फूटबलक्लब र क्यामरुनको एभिनियर एफसी सहभागी गरि १२ टोलीको सहभागीता रहेको छ ।
आयोजकले गोल्डकपको विजेतालाई १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार रकम प्रदान गर्नेछ ।



