काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यहि २०७९ फागुन ४ र ५ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा पहिलोपटक फुटबल प्रदर्शनी (फुटबल एक्सपो) गर्ने भएको छ ।
एन्फाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि फुटबल एक्सपोको बारेमा जानकारी गराएको हो । एन्फाले फुटबललाई थप व्यवसायिक बनाउन धेरै भन्दा धेरै व्यवसाय र व्यवसायिक घरानाहरुलाई यस प्रदशनीमा जोड्ने प्रयासको लागि यसको आयोजना गरिने बताएको छ ।
यस्तै सो प्रदर्शनीमा इच्छुक ए, बी र सी डिभिजनका क्लबहरुले स्टल राखेर आफुसंग सम्बन्धित फुटबलका जर्सी वा कुनै पनि वस्तुहरु विक्री गर्न पाउनेछन् । प्रर्दशनीमा क्लबहरुले आफुले जितेको ट्रफी प्रर्दशनमा राख्ने र फुटबलका फ्यानहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन् । सो प्रदर्शनीमा विभिन्न व्यवसायिक घराना कर्पोरेट हाउसहरु र सेलिब्रिटी कलाकारहरुलाई समेट्ने योजना एन्फाले लिएको छ ।
प्रर्दशनीमा फुटबलसँग सम्बन्धित विभिन्न अन्र्तकृया कार्यक्रमहरु पनि राखिने छ । साथै खेलकुद व्यवस्थापन (स्पोट्र्स म्यानेजमेन्ट) विषय लिएर पढेका वा पढिरहेका सबैलाइ वहाँहरुको अनुभव र सुझावहरु साटासाट गर्न पनि सो प्रदर्शनी फलदायी हुने विश्वास एन्फाले लिएको एन्फाले जनाएको छ ।



