काठमाडौं । जावलाखेल युथ क्लबले सुनिल श्रेष्ठलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ भने सहायक प्रशिक्षकमा नरेश थापालाई नियुक्त गरेको छ ।
आइतबार जावलाखेलले सामाजिक संजाल फेसबुकमार्फत नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
डबल राउण्ड रोबिनमा हुने नयाँ सिजनको ‘ए’ डिभिजन लिग यहि फागुन १९ गतेबाट सुरु हुँदैछ । जावलाखेलले फागुन २१ मा साबिक विजेता मछिन्द्र क्लबसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।



