शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिग : लिभरपुल र एर्भटन भिड्दै

एक्सप्रेस पाना
फाल्गुण १, २०७९ सोमबार
  • 263
    SHARES
  • प्रिमियर लिग : लिभरपुल र एर्भटन भिड्दै

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज सोमबार एक खेल हुँदैछ । आज राति १:४५ बजे हुने खेलमा जारी सिजन खराब लयमा रहेको लिभरपुलले एर्भटनको समना गर्दैछ । 

    images

    उक्त खेल लिभरपुलको घरेलु मैदानमा हुनेछ । जारी सिजन २० खेलबाट २९ अंकसहित १०औं स्थानमा रहेको लिभरपुल आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने योजनामा हुनेछ । 

    यस्तै २१ खेलबाट १८ अंकसहित पूछारबाट तेस्रो स्थानमा रहेको एर्भनट घरेलु टोली लिभरपुलमाथि जित निकाल्दै रेलिगेसन जोनबाट जोगिने दाउमा रहेको छ । यसअघिको पहिलो लेगमा दुबै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाडेका थिए । 

    images

    यस्तै एर्भटनले अघिल्लो साता सम्पन्न खेलमा शीर्ष स्थानको आर्सनललाई एक शून्य गोलले स्तब्ध बनाएको थियो । भने लिभरपुल उल्भ्ससँग ३-० गोलले पराजित भएको थियो । 

    गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३-१, म्यान्चेस्टर युनाईटेडले लिड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरि शीर्ष स्थानको आर्सनलसँग अंक दूरी छोट्याएका छन् । 

    जारी सिजन २१ खेल खेलको आर्सनल ५१ अंकसहित शीर्ष स्थानमा रहेको छ । २२ खेल खेलेको म्यान्चेस्टर सिटी ४८ अंक र २३ खेल खेलेको म्यान्चेस्टर युनाइटेड ४६ अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # इंग्लिस प्रिमियर लिग