शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन्: प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
फाल्गुण १, २०७९ सोमबार
  • 236
    SHARES
  • अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन्: प्रधानमन्त्री प्रचण्ड

    सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलन र विदेशी मुद्रा सञ्चयमा वृद्धि भएको बताउँदै अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएको बताउनुभएको छ । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताउनुभयो ।

    images

    आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसित सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री भन्नुभयो, “अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहज रुपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ ।” त्यसैगरी प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो ।

    “सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कनको काम भई स्वीकृतीको चरणमा हुनुका साथै भारतसित ‘एमओयु’ हस्ताक्षरण गर्ने प्रक्रिया अघि बढेको छ ।” उहाँले भन्नुभयो– “निकट भविष्यमा कानुनी र प्रक्रिया सम्पन्न गरेर बन्दरगाह निर्माण द्रुत गतिमा हुनेछ ।” उहाँले सो विषय आफ्नो आसन्न भारत भ्रमणमा उच्च प्राथमिकताका साथ उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    images

    उहाँले बन्दरगाहको निर्माणमा नेपाल र भारतबीच द्विपक्षीय व्यापार तथा आफूले परिकल्पना गरेको त्रिदेशीय रणनीतिक साझोदारीमार्फत नेपालले लाभ लिने विषयमा समेत निर्णायक महत्व राख्ने विश्वास लिएको बताउनुभयो । “सुदूर विकास आयोगको गठनदेखि विश्वविद्यालयसम्म घोषणाको अवसर प्राप्त गरेँ ।” दाहालले भन्नुभयो– “गेटा मेडिकल कलेजलाई पहिलोपटक बजेट बिनियोजन गर्ने अवसर पाएँ, अहिले सम्पन्न हुन सक्ने आइसकेको छ ।” उहाँले सुक्खा बन्दरगाह निर्माणसँगै उत्तर चीनसित जोड्ने ढोकासमेत महाकाली करिडोरलाई अगाडि बढाइने बताउनुभयो ।

    “यसले सुदूरको आर्थिक विकासमा मात्रै प्रगती हुने छैन, सिङ्गो राष्ट्रको आर्थिक विकास निकै ठूलो योगदान हुनेछ ।” उहाँले भन्नुभयो– “सरकारले तयार गरेको एकीकृत कार्ययोजनामा सुदूरको समृद्धि, विकास अभियानका पनि समेटिएको छ ।” उहाँले यथास्थितीमा रुमलिने प्रवृतीको अन्त्य गर्नु आजको देशको आवश्यकता भएको बताउनुभयो ।

    “जनतामा देखिएको निराशालाई आशामा बदल्दै दृेढ सङ्कल्प र नेतृत्वप विकासको निम्ती आश्वयक छ ।” उहाँले भन्नुभयो– “नौ वटै जिल्लामा सञ्चालनमा रहेका आयोजना र सम्भाव्य आयोजनाका लागि बजेटमा कुनै कन्जुसाँइ हुने छैन ।” प्रधानमन्त्रीले महोत्सव उद्घाटनअघि सुक्खाबन्दरगाह निर्माण स्थल र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल योजनाको निरीक्षणसमेत गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड