शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एलपीएल : सैनिक स्कुलको सान्त्वना जित

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 208
    SHARES
  • एलपीएल : सैनिक स्कुलको सान्त्वना जित

    कैलालीका धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय मावि तेगरिले शारदा विद्या निकेतन धनगढी विरुद्ध सान्त्वना जित दर्ता गरेको छ। 

    images

    धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा ११६ रन बनायो। 

    शारदाको ब्याटिंगमा ओपनर हृदय बिठारीले सर्वाधिक ३६ रन बनाए। गोबिन्द बिस्टले १६ तथा कृष्ण भट्टले १५ रन बनाए। 

    images

    सैनिकका बलर सागर चन्द र रबिन्द्र कार्कीले २/२ विकेट तथा सुनिल चन्द, निशान्त भट्ट र सन्दिप बिस्टले १/१ विकेट लिए। 

    यस अघि टस जितेर ब्याटिंग गरेको सैनिकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो। 

    सैनिकक ओपनिंग ब्याटर सन्दिप बिस्टले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ४५ बलमा ८ चौका प्रहार गरे। उनि प्लेयर अफ द म्याच घोषित भए। बिशाल ऐरले २३ रन बनाए। 

    शारदाको बलिंगतर्फ नाग राज सिंह, अशोक धामी र आयुष खड्काले २/२ विकेट लिए। 

    प्रतियोगिता अन्तर्गत दुवै सेमीफाइनल खेल बिहिबार हुनेछन्। पहिलो सेमीफाइनलमा लिटल फ्लावर स्कुल धनगढी र लोटस आई स्कुल अत्तरिया बीच तथा दोश्रो सेमीफाइनलमा सत्यवती एकेडेमी अत्तरिया र नव बाल बाटिका बौनिया बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिवार खेलिनेछ। 

    लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

    फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट