शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिबियाविरुद्ध कुशलको शतक

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 233
    SHARES
  • नामिबियाविरुद्ध कुशलको शतक

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २८६ रनको पछाएको नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् । 

    images

    उनले ९९ बलमा ९ चौका र ४ छक्काको सहयोगमा शतक पूरा गरेका हुन् । यस्तै उनि टि२० र एकदिवसीमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् । 

    यसअघि नेपालका कप्तान रोहित कुमार पौडेलले ४७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् । यस्तै उनले ओडिआइमा छौटौं अर्धशतक प्रहार गरे भने ७२ रन बनाएर आउट भए ।

    images

    यस्तै कुशल मल्ल ६ रन, दिपेन्द्र सिहं ऐरी ७ रन र सन्दीप जोहोराले भुर्तेललाई क्रिजमा साथ दिइरहेका छन् ।  नेपालका ज्ञानेन्द्र मल्ल २५ रन र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।  

    यो सँगै नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट