शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कुशलको शतकमा नामिबियामाथि नेपालको कीर्तिमानी जित

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 254
    SHARES
  • कुशलको शतकमा नामिबियामाथि नेपालको कीर्तिमानी जित

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पाहुना टोली नामिबियालाई २ विकेटले  पराजित गरेको छ । 

    images

    त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको विशाल लक्ष्य पाएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै लक्ष्य पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलको सानदार शतक प्रहार गरे ।

    यो सँगै नेपालले सबै भन्दा ठूलो लक्ष्य पूरा गरेर जित निकालेको छ । यसअघि नेपालले यूएईविरुद्ध २५४ रनको लक्ष्य पूरा गरेको थियो । 

    images

    कुशलले ११३ बलमा १० चौका र ४ छक्काको सहयोगमा ११५ रनमा आउट भए । उनले ९९ बलमा ९ चौका र ४ छक्काको सहयोगमा शतक पूरा गरेका थिए । यस्तै उनि टि२० र एकदिवसीमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बन्दै कीर्तिमानी कायम गरे । 

    यस्तै नेपालका कप्तान रोहित कुमार पौडेलले ४७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । उनले ओडिआइमा छौटौं अर्धशतक प्रहार गरे भने ७२ रन बनाएर आउट भए ।

    सन्दीप जोहोरा २८ रन, ज्ञानेन्द्र मल्ल २५ रन करण केसीले १२ बलमा २० रन र ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए । यस्तै कुशल मल्ल ६ रन, दिपेन्द्र सिहं ऐरी ७ रनमा आउट भए । 

    यता नामिबियाको लागि रुबेन ट्रम्पलम्यान र जन निकोल लोफ्टी इटनले समान ३ विकेट लिए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरिरेको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनाएको थियो । 

    नामिबियाका माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्यतमा शतक पूरा गरेका हुन् । उनि १३७ बलमा नौ चौका र ५ छक्कासहित १३३ रन बनाएर करण केसीले आउट गराए । 

    यस्तै कप्तान गेर्हार्ड इरास्मसलाई ५६ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका हुन् । लोहान्द्रे लोउरेन्स ५ र कार्ल बिर्केनस्टोक १३ रनमा आउट भए । जान फ्रिलिंकलाई १३ रनमा बोल्ड आउट गरेका हुन् । 

    यता नेपालका लागि करणले सर्वाधिक ५ विकेट लिदा सन्दीपले ३ विकेट लिए । यस्तै कुशल मल्ल, सोमपाल कामीले समना एक विकेट लिए । 

    उक्त जितसँगै नेपालले २५ खेलबाट २० अंक बनाएको छ । जसमा ९ जित १४ हारसहित छौंटौं स्थानमा यथावत् रहेको छ । यता पराजित नामिबिया भने ३१ खेलबाट १८ जित ११ हारसहित ३७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत् रहेको छ ।

    यस्तै सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ भने नामिबियाले भोलि बुधबार स्कटल्याण्डसँग खेल्नेछ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट