शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 206
    SHARES
  • हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश

    हेटौंडा । ए डिभिजन लिग टोली हिमालयन शेर्पा फुटबल क्लब हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति मकावनपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको खेलमा शेर्पाले सि डिभिजन लिग बागमती युवा क्लबलाई २–१ गोलले पराजित गरेको हो ।

    शेर्पा लाई जित दिलाउनका लागि यामीले र विशाल लिम्बुले एक गोल गरे । त्यस्तै बागमतीका ले एक गोल फर्काए ।

    images

    निकै प्रतिस्पर्धात्क खेलमा पहिलो हाफमै हिमालयन शेर्पाले अग्रता बनाएको थियो । शेपाका लागि खेलको ३८ औँ मिनेटमा यामीले गोल गरे ।

    त्यस्तै दोस्रो हाफमा खेलको ५८ औँ मिनेटमा शेर्पाका विशाल लिम्बुले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६५ औँ मिनेटमा बागमतीका संगम धिमालले गोल गर्दै अग्रता छोट्याए ।

    तर बागमतीले बाँकी समयमा थप गोल गर्न नसकेपछि शेर्पाले प्रतिस्पर्धात्क जित हात पर्यो । उता शेपासंग पराजित भएको बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।

    जितसंगै शेर्पा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि शेर्पोले एडिभिजन टोली फ्रेण्डस् क्लबको सामना गर्नेछ ।

    खेलको म्यानअफ द म्याच शेर्पाका विशाल लिम्बु घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

    यससंगै प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेल सम्पन्न भएको छ । भोली बुधबारदेखि क्वाटरफाइलनका खेलहरु हुने आयोजक जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।

    प्रतियोगिताको पहिलो क्वाटरफाइनलको खेल क्यामरुनी टोली एभिनियर एफसी र बीरगञ्ज यूनाईटेडबीच हुनेछ । यी दुई टोलीको खेल भोली दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    बीरगञ्जले प्रिक्वाटरमा एडिभिजन टोली एनआरटी क्लबलाई पराजित गरेको थियो । उता एभिनियरले सिधै प्रतियोगिताको अन्तिम आठमा स्थान पाएको थियो ।

    जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।

    प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।

    मकवानपुरका १० वटा स्थानीय तहको सहयोगमा आयोजित प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल