शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिबियाविरुद्व नेपालले बनायो यति धेरै कीर्तिमान

एक्सप्रेस पाना
फाल्गुण २, २०७९ मंगलबार
  • 252
    SHARES
  • नामिबियाविरुद्व नेपालले बनायो यति धेरै कीर्तिमान

    काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोलि नामिबियालाई २ विकेटले पराजित गरेको छ ।

    images

    त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नामिबियाले दिएको २८६ रनको विशाल लक्ष्य नेपालले १४ बल अगामै ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्यो । 

    उक्त जितसँगै नेपालले लिग-२ अन्तर्गत अंक तालिकामा सुधार गरेको छ । नेपालले हालसम्म २५ खेलबाट २० अंक बनाएको छ । जसमा ९ जित १४ हारसहित छौंटौं स्थानमा यथावत् रहेको छ । यता पराजित नामिबिया भने ३१ खेलबाट १८ जित १२ हारसहित ३७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत् रहेको छ ।

    images

    यस्तै सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ भने नामिबियाले भोलि बुधबार स्कटल्याण्डसँग खेल्नेछ । 

    नेपाल नामिबियाविरुद्धको यस जितमा धेरै कीर्तिमान बनाएको थियो । नामिबियाविरुद्धको खेलमा बनेको पाँच कीर्तिमानमा यसप्रकार रहेको छ 

    १. करणको तेस्रोपटक ५ विकेट 
    अलराउण्डर करण केसीले नामिबियाविरुद्धको खेलमा नामिबियालाई २८५ रनमा रोक्न महत्त्वपूर्ण ५ विकेट लिएका थिए । 

    यो सँगै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रोपटक पाँच विकेट लिएका हुन् । तीन पटक एकदिवसीय अन्तराष्ट्रियमा ५ विकेट लिने उनी पहिलो नेपाली क्रिकेटर हुन् । 

    karan.jpg

    गत बर्ष जुनमा अमेरिकामा भएको ओमानविरुद्धको २ खेलमा उनले ५/५ विकेट लिएका थिए । 

    २. रोहितेको १ हजार रन पूरा 
    नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नामिबियाविरुद्वको खेलमा १ हजार रन पूरा गरेका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । 

    रोहितले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ शतक तथा ६ अर्धशतक प्रहार गरेका छन् । ३ अगस्ट २०१८ मा उनले नेपालका लागि डेब्यु गरेका थिए । 

    May be an image of 2 people, people standing, people playing sport and text

    उनले नेपालका लागि ३३ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् । उनले अहिलेसम्म नेपालको लागि एक हजार १७ रन बनाएका छन् । जुन अन्य नेपाली खेलाडीले बनाएको भन्दा धेरै रन हो । सर्वाधिक रन बनाउनेको दोस्रो स्थानमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ७३४ रनका साथ रहँदा तेस्रो स्थानमा रहेका आसिफ शेखले ६५५ रन बनाएका छन् ।

    रोहितले नामिबिया विरुद्धको खेलमा ७२ रन बनाएका थिए । 

    ३. सर्वाधिक साझेदारी 
    नामिबियाविरुद्वको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल र कप्तान रोहित कुमार पौडेलले सानदार साझेदारी गरेका थिए ।

    May be an image of 2 people, people playing sport and people standing 

    नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै सर्वाधिक रनको साझेदारी गर्ने क्रममा पौडेल र भुर्तेलले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेका थिए । 

    गत मार्चमा पपुवा न्युगिनिविरुद्व घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा देव खनाल र दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १२९ रनको साझेदारी गरेको थिए । 

    ४. ओपनरको पहिलो शतक 
    नेपालका लागि हालसम्म एकदिवसीय अन्तराष्ट्रियमा ओपनरले शतक प्रहार गरेका थिएनन् । नेपालका लागि नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका कुशल भुर्तेलले यो कीर्तिमान कायम गरेका छन् । 

    kushal bhurteal 100 run.jpg

    यस अघि आसिफ शेखले २०२१ मा ओमानविरुद्ध ९० रन बनाएका थिए । यस बाहेकएकदिवसीय अन्तराष्ट्रियमा नेपालले नामिबियालाई पहिलो पटक हराएको लगायतका धेरै कीर्तिमानहरु आज बनेका छन् ।

    ५. सबैभन्दा ठूलो लक्ष्य पछ्याउदै जित
    टस हारेर पहिले ब्याटिङ गरको नाबिमियाले दिएको २८६ रनको लक्ष्य १४ बल अगाबै पूरा गरेको छ । यो नेपालले पूरा गरेको सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि २०१९ मा नेपालले यूएईविरुद्ध यूएईमा नै २५५ रनको लक्ष्य पूरा गरेको थियो । 

    can.jpg

  • सम्बन्धित विषय:

  • # क्रिकेट