काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटेनहम हटस्पर इटालियन सिरु ए क्लब एसी मिलानसँग पराजित भएको छ ।
युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो ।
उनले खेलको सातौं मिनेटमा गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाए । उक्त गोल नै मिलानको जित नै निर्णायक बन्यो ।



