शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्कटल्याण्ड र नामिबिया भिड्दै

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 375
    SHARES
  • स्कटल्याण्ड र नामिबिया भिड्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौमा जारी त्रिकोणीय सिरिजमा आज स्कटल्याण्ड र नामिबियाबीच खेल हुदै छ ।

    images

    किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा यो खेल विहान ९ बजेदेखि शुरु हुने छ ।

    मंगलबार सम्पन्न खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको छ भने नामिबियाले हारबाट सिरिजको शुरुवात गरेको छ ।

    images

    आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल अहिले २५ खेल खेल्दै २० अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड अहिले ३२ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा छ भने नामिबिया ३१ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट