काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ ।
२ मिनेट ४६ सेकेण्ड लामो टिजरमा लिम्बु समुदायमा गाइने ‘पालाम’लाई चित्रण गर्दै गरेका रोयदीप श्रेष्ठलाई टिजरमा प्रस्तोताको रुपमा प्रस्तुत गरिएको छ । टिजर कविताबाट सुरु भएर कवितामै टुंगिएको छ ।‘जारी’ प्रथाको कथावस्तुमा आधारित चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय रहेको छ ।

