काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नामिबियाले स्कटल्याण्डलाई जितको लागि १५४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १५३ रन मात्रै बनाउन सक्यो ।
नामिबियाको लागि लोहान्द्रे लोउरेन्सले अर्धशतकसहित ५४ रनको योग्दन दिए । त्यस्तै बर्नार्ड ३० रन, जेन ग्रीनले २५ रन बनाउँदा हेलाओ या फ्रान्स ११ रनमा आउट भए । यस्तै अन्य सात ब्यटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यता स्कटल्याण्डका लागि माइकल लीस्कले सर्वाधिक ४ विकेट लिए भने मार्क वाट र सफायान शरीफले समान ३/३ विकेट लिए ।
नामिबिया यसअघि हिजो भएको पहिलो खेलमा घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल अहिले २५ खेल खेल्दै २० अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड अहिले ३२ खेलमा ४६ अंकसहित शिर्ष स्थानमा छ भने नामिबिया ३१ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।



