काठमाडौँ । १४औं संस्करणको दक्षिण एसियाली पुरुष फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ भारतमा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप भारतमा गर्ने निर्णय गरेको हो ।
यस्तै प्रतियोगिताको मिति र ठाउँ तय हुन बाँकी रहेको छ । यसअघि माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३-० गोलले पराजित भएको थियो ।
नेपाल साफको इतिहासमै पहिलोपटक फाइनमा प्रवेश गरेको थियो ।



