शनिबार, आश्विन २४ गते २०८३
images

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 242
    SHARES
  • नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेल आज खेल्दैछ । नेपाल र भारतबीचको पहिलो खेल चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

    images

    एन्जिलाको कप्तानीमा रहेको नेपालले घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने दाउमा रहेको छ । अर्कोतर्फ भारत भने साफ च्याम्पियनसीपमा भोगेको पराजयको बदला लिने दाउमा हुनेछ । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले पराजित गरेको थियो ।

    नेपाल र भारतबीचको दोस्रो खेल आगमाी शनिबार हुनेछ ।

    images

    नेपाली टिमः
    एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे, विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी,  अनिता बस्नेत, प्रिती राई, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक

  • सम्बन्धित विषय:

  • # फुटबल