शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नामिबियामाथि स्कटल्याण्ड १० विकेटले विजयी

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 296
    SHARES
  • नामिबियामाथि स्कटल्याण्ड १० विकेटले विजयी

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नामिबिया स्कटल्याण्डसँग १० विकेटले पराजित भएको छ । 

    images

    नामिबियाले जितको लागि दिएको १५४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा विना विकेटको क्षेतिमा १५७ रन बनाउँदै पूरा गर्यो ।

    स्कटल्याण्डको जितमा ओपनर जर्ज मुन्सेले १०३ रनको शतकीय पारि खेले । उनले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा १०३ रनमा अविजित रहए । यस्तै अर्का ओपनर काइल कोट्जर ४६ रनमा अविजित रहए । 

    images

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १५३ रन मात्रै बनाउन सक्यो ।

    नामिबियाको लागि लोहान्द्रे लोउरेन्सले अर्धशतकसहित ५४ रनको योग्दन दिए । त्यस्तै बर्नार्ड ३० रन, जेन ग्रीनले २५ रन बनाउँदा हेलाओ या फ्रान्स ११ रनमा आउट भए । यस्तै अन्य सात ब्यटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    यता स्कटल्याण्डका लागि माइकल लीस्कले सर्वाधिक ४ विकेट लिए भने मार्क वाट र सफायान शरीफले समान ३/३ विकेट लिए । 

    नामिबिया यसअघि हिजो भएको पहिलो खेलमा घरेलु टोली नेपालसँग २ विकेटले पराजित भएको थियो । 

    उक्त जितसँगै आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड अहिले ३३ खेलमा ४८ अंकसहित शिर्ष स्थानमा छ भने नामिबिया ३२ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट