शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एभिनियर एफसी क्यामरुन सेमिफाइनलमा

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 289
    SHARES
  • एभिनियर एफसी क्यामरुन सेमिफाइनलमा

    एभिनियर एफसी क्यामरुन हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    बुधबार भएको खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले पराजित गर्दै क्यारुनी टोलीले अन्तिम चारमा स्थान बनाएको हो । एभिनियर एफसीको जीतमा यानिक योहाना र साबाले गोल गरेका थिए । यानिकले खेलको मिनेट ३९ र साबले ७४ औं मिनेटमा गोल गर्दै जीन सुनिश्चित गरेका हुन् ।

    खेलको म्यान अफ दी म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत विहीबार त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल