काठमाडौं । घरेलु टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली बराबरी खेलेका छन् ।
बुधबार राति चेन्नईमा भएको खेलमा सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको हो । कुनै समय २-० गोलले पछि परेको नेपालले २ गो फर्काउन सफ भएको हो ।
खेलको चारै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५६औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । यस्तै खेलको ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता २-० को बनाईन् ।
तर, ९० औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन् ।
भारतकी स्विटी देवीले पेनाल्टी बक्समा ह्यान्डबल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो। जसमा सावित्राले सहजै गोल गरिन् । पछि खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै २-२ गोलको बराबरीमा ल्याउदै नेपाललाई हारबाट जोगाईन् ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।



