शनिबार, श्रावण ३० गते २०८३
images
images

सिटी शीर्ष स्थानमा

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 222
    SHARES
  • सिटी शीर्ष स्थानमा

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    सिटीले शीर्ष स्थानको आर्सनललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । 

    आर्सनलको मैदानमा पाहुना टोली सिटीलाई जिताउनका २४औं मिनेटमा केभिन डी ब्रुइनले गोल गर्दै अग्रता दिलाएका थिए ।
    तर खेलको ४२औं मिनेटमा बकायो साकाले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

    images

    दोस्रो हाफमा सिटीले २ गोल थपेको थियो । ७२ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गरेपछि सिटी २–१ ले अघि बढ्दा ८२ औं मिनेटमा एर्लिङ हालान्डले गोल गरेपछि ३–१ को सहज जित निकाल्न सिटी सफल भयो ।

    उक्त ३–१ को जितसँगै सिटीले आर्सनलसँग अंक बराबरी गरेको छ । दुवैको ५१/५१ अंक रहेको छ । गोल अन्तरका आधारमा सिटीले शीर्ष स्थान कब्जा गर्दा आर्सनल दोस्रो स्थानमा झरेको हो । तर आर्सनलले सिटीभन्दा १ खेल कम खेलेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल