शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 272
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको हो। 

    images

    आजको छलफल राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रीत हुने नेताहरूले बताएका छन्। राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ।

    १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन्। 

    images

    ‘प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष केपी शर्मा ओली बिहानै बालुवाटार पुग्नुभएको छ। उहाँहरुबीच राष्ट्रपतिकै चुनावको विषयमा केन्द्रीत भएर छलफल छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘राष्ट्रपति चुनावको विषयमा विभिन्न अड्कलबाजी सहितका प्रचार हुन थालेपछि प्रचण्ड र ओली छलफलमा बस्नुभएको हो।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड