काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।
उनले ४२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । कुशलले १८ ओभरको अन्तिम बललमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १२४ रन बनाएको छ । प्रमुख ब्याटरलाई सस्तो रनमा गुमाएको नेपालका लागि कुशल मल्लले राम्रो ब्याटिङ गरेर सम्मान जनाक स्कोर तर्फ अग्रसर बनाएका छन् । दिपेन्द्र सिंह ऐरीले २० रन बनाएर कुशललाई साथ दिइरहेका छन् ।
त्यसअघि पहिलो ओभरमा २३ रन बनाएको नेपालले दोस्रो ओभरमा ८ रन बनायो भने तेस्रो ओभरमा २ विकेट गुमाएको थियो । यस्तै ४.४ ओभरमा आशिफ शेखलाई ९ रनमा गुमाएको नेपालले १०.५ आभरमा सन्दीप जोहरालाई ५ रनमा गुमाएको हो ।
नेपालका ओपनर कुशल भुर्तेल ८ बलमा १६ रन बनाएर क्याच आउट भए । यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ३ बलमा एक चौका प्रहार गरि ४ रनमा क्याच आउट भए ।
स्कटल्यान्डका लागि क्रिस्टोफर सोलले ३ विकेट र मार्कले २ विकेट लिएका हुन् ।



