शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्कटल्यान्डविरुद्ध दिपेन्द्रको पनि अर्धशतक पूरा

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 223
    SHARES
  • स्कटल्यान्डविरुद्ध दिपेन्द्रको पनि अर्धशतक पूरा

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पनि अर्धशतक पूरा गरेका छन् । 

    images

    दिपेन्द्रले ७० बलमा ५ चौका र १ छक्काको सहयोगमा ५० रनमा अर्धशतक बनाए । यो सँगै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका हुन् ।

    योसँगै नेपालले ३१ ओभरमा ६ विकेट गुमाएर नेपालले १८९ रन बनाएको छ । 

    images

    यस्तै यसअघि नेपालका लागि कुशल मल्लले ४२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । कुशलले १८ ओभरको अन्तिम बललमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । उनि ६७ बलमा ९ चौका र ४ छक्काको सहयोमा ८१ रन बनाएर क्याच आउट भए । कुशल र दिपेन्द्रले छैटौं विकेटका लागि एक सय रनको सानदार साझेदारी गरेका थिए । 

    प्रमुख ब्याटरलाई सस्तो रनमा गुमाएको नेपालका लागि कुशल मल्ल र दिपेन्द्रले १०० रनको राम्रो साझेदारी गरेका हुन् । यस्तै अहिले क्रिजमा दिपेन्द्रलाई ४ रन बनाएर गुल्सन झाले साथ दिइरहेका छन् । 

    पहिलो ओभरमा २३ रन बनाएको नेपालले दोस्रो ओभरमा ८ रन बनायो भने तेस्रो ओभरमा २ विकेट गुमाएको थियो । यस्तै ४.४ ओभरमा आशिफ शेखलाई ९ रनमा गुमाएको नेपालले १०.५ आभरमा सन्दीप जोरालाई ५ रनमा गुमाएको हो । 

    नेपालका ओपनर कुशल भुर्तेल ८ बलमा १६ रन बनाएर क्याच आउट भए । यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ३ बलमा एक चौका प्रहार गरि ४ रनमा क्याच आउट भए । 

    स्कटल्यान्डका लागि क्रिस्टोफर सोल र मार्कले समान ३ विकेट लिएका हुन् । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट