शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दिपेन्द्र र कुशलको सानदार ब्याटिङमा नेपालले स्कटल्याण्डलाई हरायो

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 343
    SHARES
  • दिपेन्द्र र कुशलको सानदार ब्याटिङमा नेपालले स्कटल्याण्डलाई हरायो

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले स्कटल्यान्डमाथि ३ विकेटको सानदार जित निकालेको छ । 

    images

    स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले १८ बल अगाबै ७ विकेट गुमाएर पूरा गर्यो ।

    नेपालका लागि जितमा दिपेन्द्र सिंह ऐरीले ८६ रनको अर्धशतकीय पारि खेले । 

    images

    यस्तै कुशल मल्लने ८१ रनको सानदार ब्याटिङ गरे । ओपनर कुशल भुर्तेलले ४ चौका सहित ८ बलमा १६ रन बनाए । अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए । 

    ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले १० बलमा ६ रन बनाए । कप्तान रोहित आउट भए सँगै मैदान आएका कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यो नै सर्वाधिक धेरै रन हो । 

    छैटौं विकेटका लागि कुशलले दिपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए । 

    विश्वकप लिग २ भने दिपेन्द्रको पहिलो अर्धशतक हो । गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामी २४ रनमा अविजित रहे । स्कटल्याण्डले २८ रन अतिरिक्त स्वरुप दिएको थियो ।

    स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३ विकेट लिए । 

    त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २७४ रन बनाएको हो । 

    स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले । उनले ३ चौका तथा ९ छक्का प्रहार गरे । 

    उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो । 

    नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । 

    ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए । 

    १११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले २७४ रन ९ विकेट गुमाएर पूरा गर्यो ।

    सातौं विकेटका लागि माईकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए ।

    नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिदै विकेट लिएका थिए । चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १/१ विकेट लिएका थिए । 

    सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए । 

    सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट