शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 224
    SHARES
  • चलचित्र ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

    ८ फागुन, काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीद्वारा अभिनित चलचित्र ‘ए साथी सुन’को पहिलो गीत सार्वजनिक भएको छ ।

    images

    आगामी चैत १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको शीर्ष रोमान्टिक गीत आइतबार सार्वजनिक गरिएको हो । उक्त गीतमा वर्षासँगै डेब्यु कलाकार रमेश बानियाँ फिचर्ड छन् ।

    गायिका अञ्जु पन्त र गायक किरण भुजेलको स्वर रहेको गीतमा सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रचना रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

    images

    रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । चलचित्र लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको निर्माण टिमले बताएको छ ।

    इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा वर्षा र रमेशका अलावा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय रहेको छ ।