शनिबार, श्रावण ३० गते २०८३
images
images

हिमालयन शेर्पा फाइनलमा

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 264
    SHARES
  • हिमालयन शेर्पा फाइनलमा

    हेटौंडा । हिमालयन शेर्पा क्लब हेटौंडामा जारी पाँचौ संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

    images

    आज हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा विदेशी क्लब एभिनियर एफसी क्यामरुनलाई १-० गोल अन्तरले पराजित गर्दै हिमालयन फाइनलमा प्रवेश गरेको हो ।

    हिमालयनका लागि सुनिल श्रेष्ठले दोस्रो हाफको ७औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । खेलमा हिमालयनका श्रेष्ठ म्यान आफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

    images

    अब हिमालयनले उपाधिका लागि १० फागुनमा मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    फाइनल खेल बुधबार दिउँसो १ बजे सुरु हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल