शुक्रबार, श्रावण २९ गते २०८३
images
images

स्कटल्यान्डविरुद्ध टस जितेर नेपाल बलिङमा

एक्सप्रेस पाना
फाल्गुण ९, २०७९ मंगलबार
  • 261
    SHARES
  • स्कटल्यान्डविरुद्ध टस जितेर नेपाल बलिङमा

    काठमाडौं । राजधानी काठमाडौंमा जारी आईसिसी लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली स्कटल्यान्डको सामना गर्दैछ । 

    images

    त्रिबि क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङमा गर्ने भएको छ । 

    नेपाल आजको खेलमा जित निकाल्दै लगातार चौथो जित निकाल्ने दाउमा रहेको छ ।  यसअघि पहिलो भेटमा नेपालले स्कटल्यान्डमाथि ३ विकेटको सानदार जित निकालेको थियो । नेपाल आज पनि सोहि लय दोहोर्याउने दाउमा रहेको छ । 

    images

    यस्तै आजको खेलमा नेपाली टोलीले एक परिवर्तन गरेको छ । नेपालले गुलसन झाको स्थानमा ललित नारायण राजवंशीले खेल्नेछन् । 

    नेपालको सुरुवाती-११
    आसिफ शेख (विकेट किपर) ,कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी

  • सम्बन्धित विषय:

  • # क्रिकेट