शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालले पायो स्कटल्यान्डबाट २१३ रनको लक्ष्य

एक्सप्रेस पाना
फाल्गुण ९, २०७९ मंगलबार
  • 236
    SHARES
  • नेपालले पायो स्कटल्यान्डबाट २१३ रनको लक्ष्य

    काठमाडौं । राजधानी काठमाडौंमा जारी आईसिसी लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा पाहुना टोली स्कटल्यान्डविरुद्ध नेपालले २१३ रनको लक्ष्य पाएको छ । 

    images

    त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन मात्रै बनाउन सक्यो । 

    नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरे । उनले ब्यक्तिगत ४ विकेट लिए । करण केसी ३, ललित नारायण राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । 

    images

    यस्तै नेपालका लागि करण केसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् ।  

    यता स्कटल्यान्डको लागि जर्ज मुन्सेले अर्धशतकीय पारी खेले उनले ५० बलमा ६० रनको योग्दान दिए । यस्तै म्याथ्यु क्रसले ४१ रन बनाउँदा ब्राउन्ड म्यकुलमले ३१ रन बनाए । 

    काइल कोट्जर र क्रिस्टोफरले समान २२ रन बनाए । 

    नेपाल आजको खेलमा जित निकाल्दै लगातार चौथो जित निकाल्ने दाउमा रहेको छ । यसअघि पहिलो भेटमा नेपालले स्कटल्यान्डमाथि ३ विकेटको सानदार जित निकालेको थियो । नेपाल आज पनि सोहि लय दोहोर्याउने दाउमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट