काठमाडौं । आईसिसी लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा पाहुना टोली स्कटल्यान्डलाई घरेलु टोली नेपालले २ विकेटले पराजित गरेको छ ।
मंगलबार त्रिबि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा रोहित र करणले नौं विकेटको लागि ७५ रनको कीर्तिमानी साझेदारी गरे । कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । रोहितले १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । उनले ४५ ओभरको पहिलो बलमा चौका प्रहार गरि नेपालको जित पकका गरे ।
करण केसी ३१ रन, ज्ञानेन्द्र मल्ल २१ रन, कुशल मल्ल १७ रन, ओपनर आशिफ शेख १२ रन, सन्दीप लामिछानेले ९ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ७ रन बनाए ।
यता स्कटल्यान्डको लागि र्माक वाटले सर्वाधिक ३ विकेट लिए । क्रिश ग्रिभसले २ विकेट, ब्राउन्ड म्यकुलम र माइकल लेइगले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६।१ ओभरमा सबै विकेट गुमाएर २१२ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले सानदार बलिङ गरे । उनले ब्यक्तिगत ४ विकेट लिए । करण केसी ३, ललित नारायण राजवंशी र कुशल मल्लले समान १ विकेट लिए ।
यस्तै नेपालका लागि करण केसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् ।
यता स्कटल्यान्डको लागि जर्ज मुन्सेले अर्धशतकीय पारी खेले उनले ५० बलमा ६० रनको योग्दान दिए । यस्तै म्याथ्यु क्रसले ४१ रन बनाउँदा ब्राउन्ड म्यकुलमले ३१ रन बनाए ।
काइल कोट्जर र क्रिस्टोफरले समान २२ रन बनाए ।



