काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिमा १६ को पहिलो लेगमा इटालियन क्लब नापोलीले जर्मनी क्लब एनट्रान्च फ्रान्कफर्टलाई पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा नापोलीले फ्रान्कफर्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
नापोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी डी लोरेंजले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको ५८औं मिनेटमा राण्डल कोलो मुआनीले रातो कार्ड पाएपछि फ्रान्कफर्ट १० खेलाडीमा सिमित भएको थियो ।
अब राउण्ड १६ को दोस्रो लिग नापोलीको घरेलु मैदानमा आगामी मार्च १६ मा हुने छ ।



