शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मैले कति योगदान गर्न सके थाहा छैन तर देशले क्रिकेटमा जितेको छ : सन्दीप

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 306
    SHARES
  • मैले कति योगदान गर्न सके थाहा छैन तर देशले क्रिकेटमा जितेको छ : सन्दीप

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफूले कति योगदान गरे भन्ने थहाँ नभएपनि देशले क्रिकेट जितेकोमा खुसि भएको बताएका छन् ।

    images

    त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको चार खेलमा नेपालले चारै खेल जितेको थियो ।

    सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्  ‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ' यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ । 

    images

    सन्दीपले उक्त सिरिजको चार खेलमा १३ विकेट लिएका थिए । पहिले, दोस्रो र तेस्रो खेलमा ३/३ विकेट लिएका सन्दीपले अन्तिम खेलमा ४ विकेट लिएका थिए ।

    सन्दीपको उत्कृष्ट प्रदर्शनले पनि नेपाललाई सिरिज जिताउन महत्वपूर्ण भूमिका खेल्यो । यो सिरिजमा ४ जित सँगै नेपालले आईसिसी लिग २ मा २८ खेलबाट २६ अंक बनाएर छैटौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट