शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-१९ विश्वकपको एशिया छनोट खेल्न जाने टिमको बिदाइ

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 321
    SHARES
  • यू-१९ विश्वकपको एशिया छनोट खेल्न जाने टिमको बिदाइ

    काठमाडौं । यू-१९ विश्वकपको एशिया छनोट खेल्न यूएई जाने क्रिकेट टिमको बिदाइ गरिएको छ ।

    images

    बुधबार राष्ट्रिय खेलकुद परिषद राखेपमा आयोजना गरिएको कार्यक्रममा राखेप र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले टोलीलाई बिदाई गरेका हुन् ।

    नेपालले एसिया क्षेत्रको छनौट खेल अन्तर्गत पहिलो खेल फागुन १२ (फेब्रुअरी २४) मा सिंगापुरसँग, दोस्रो खेल फागुन १३ (फेब्रुअरी २५) मा कुवतेसँग र फागुन १५ (फेब्रुअरी२७) मा हङकङसँग खेल्ने तालिका रहेको छ । त्यस्तै फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग र फागुन १८ (मार्च २) मा युएईसँग खेल्ने तालिका रहेको छ । 

    images

    २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नका लागि नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहनु पर्ने छ । साथै यू-१९ टिमको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् । 

    नेपाली यू–१९ टोलीमा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट