काठमाडौँ । युएईमा आयोजना हुने आईसीसी यु-१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज शुक्रवार आफ्नो पहिलो खेल खेल्दैछ ।
नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०: ४५ बाट शुरु हुनेछ ।
लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई पुगेको नेपाली टोली जितका साथ प्रतियोगिता शुरु गर्न चाहन्छ । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ ।



