काठमाडौं । जारी पहिलो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगता २०७९ अन्तर्गत विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्बल सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा एक शून्य गोलले पछि परेको आर्मीले खेलको दोस्रो हाफको आठौं मिनेटमा उपहार गोलबाट खेलमा फर्कियो । आर्मीका खेलाडी हेडरमार्फत प्रहार गरेको बल पोलमा लागेर फर्किएको बललाई एनआटीका कप्तान बिक्रम धिमालले गोल पोस्टको जाली गुमाए ।
त्यसअघि एनआटीले खेलको ३२औं मिनेटमा भारतीय खेलाडी लालनुन्जामा कोल्नेले गोलमा सुरुवाती अग्रता बनाएको थियो ।
निर्धरित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा धकेलिएको थियो । जसमा आर्मीले बाजी मार्यो ।
आमीले पेनाल्टीमा एनआरटीलाई ५-४ गोलले पराजित गरेको हो । आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गरे ।
एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरे ।
आर्मीका गोल किपर विकेश कुथुले एनआटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनालटी बचाएका थिए । उनि नै खेलमा प्लेयर अप दि म्याच चुनिदै १५ हजार प्राप्त गरे ।
आर्मीले अब फाइनल प्रवेशको लागि सातदोबाटो युथ क्लबको सामना गर्नेछ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।



