शनिबार, श्रावण ३० गते २०८३
images
images

पूर्व क्लब फुलमिनेन्स फर्किए मार्सेलो

एक्सप्रेस पाना
फाल्गुण १३, २०७९ शनिबार
  • 204
    SHARES
  • पूर्व क्लब फुलमिनेन्स फर्किए मार्सेलो

    काठमाडौं । ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो आफ्नो बाल्यकालको क्लब फुलमिनेन्स फर्किएका छन् ।

    images

    सन् २००७ मा फुलमिनेन्सबाट रियालमा अनुबन्ध भएका मार्सेलो १५ वर्ष सान्टियागो बर्नाबेउमा बिताएर सन् २०२२ मा ग्रिसको ओलम्पियाकोस पुगेका थिए । ओलम्पियाकोससँगको सम्झौता आगामी मेसम्मका लागि भए पनि ३४ वर्षीय मार्सेलोले गत साता सम्झैता अन्त्य गरेका थिए ।

    मार्सेलो २०२४ को अन्त्यसम्मको लागि फुलमिनेन्स फर्किएका हुन् ।

    images

    अनुभवी लेफ्ट ब्याक १७ वर्षपछि ब्राजिल फर्किएका छन् । मार्सेलोले सन् २००२ मा फुलमिनेन्सबाटै युथ करिआर सुरु गरेका थिए । सन् २००५ देखि २००७ सम्म फुलमिनेन्सको सिनियर टोलीका लागि खेल्दा मार्सेलोले ३० लिग खेलमा ६ गोल गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # फुटबल