शनिबार, श्रावण ३० गते २०८३
images
images

रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

एक्सप्रेस पाना
फाल्गुण १४, २०७९ आइतबार
  • 219
    SHARES
  • रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित

    काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेको पछि साउदी प्रो लिग अन्तर्गत अल नासरले डमाकविरुद्ध शानदार जित हासिल गरेको छ ।

    images

    शनिबार राति खेलमा अल नासरले डमाकलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    May be an image of 1 person, standing and grass

    images

    अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । रोनाल्डोले खेलको १८औं, २३औं र ४४औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । साउदी प्रो लिगमा रोनाल्डोको यो दोस्रो ह्याट्रिक हो । साथै उनले अल नासरका लागि साउदी लिगमा ५ खेलमा ८ गोल गरेका छन् । 

    उक्त जितसँगै अल नासरको १८ खेलमा ४३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै डमाकको १८ खेलमा २२ अंक छ र लिगमा सातौ स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल