शनिबार, श्रावण ३० गते २०८३
images
images

एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड

एक्सप्रेस पाना
फाल्गुण १४, २०७९ आइतबार
  • 220
    SHARES
  • एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविको विजेता रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ ।

    images

    शनिबार राति भएको खेलमा म्याड्रिड डर्बी १-१ गोलको बराबरीमा सकिएको हो । 

    यस खेलमा खेलको ७८औं मिनेटमा एटलेटिकोका जोसे मारिया गिमेनेजले गोल गरेका थिए भने खेलको ८५औं मिनेटमा अल्भारो रोड्रीगेजले बराबरी गोल गरेका थिए ।

    images

    यस खेलमा खेलको ६४औं मिनेटमा एन्जल कोरियाले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो ।

    उक्त बराबरीसँगै रियल म्याड्रिडको २३ खेलमा ५२ अंक भएको छ र लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्ता इएक खेल कम खेलेको बार्सिलोनाको २२ खेलमा ५९ अंक रहेको छ ।

    त्यसैगरी एटलेटिको म्याड्रिडको २३ खेलमा ४२ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल