भदौ २४ काठमाडौं । बंगलादेशविरुद्धको पहिलो खेलमा नेपालले २-० गोलको अग्रता बनाएको छ । नेपालका लागि मिडफिल्डरद्वय सविता राना मगर र प्रीती राईको गोलमा नेपालले शानदार अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । त्यस्तै प्रीतीले २२औं मिनेटमा गोल गरी २-० गोलको अग्रता दिलाईन् । अहिले पहिलो हाफको खेल जारी छ ।


