शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप लिग टू : नेपाल र पीएनजी खेल्दै

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 295
    SHARES
  • विश्वकप लिग टू : नेपाल र पीएनजी खेल्दै

    काठमाडौं । यूएईमा आजबाट सुरु हुने विश्वकप लिग टू को यूएई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी पीएनजीसँग खेल्दै छ । 

    images

    नेपाल र पीएजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुदैछ । 

    २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

    images

    मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ । 

    नेपाली टोलीमा श्याम (मौसम) ढकाल र प्रतिश जी।सी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् ।

    नेपाली टोली : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम मौसम ढकाल

    नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट