शनिबार, श्रावण ३० गते २०८३
images
images

टोटनहमसँग चेल्सी पराजित

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 214
    SHARES
  • टोटनहमसँग चेल्सी पराजित

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ ।

    images

    आइतबार राति टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २-० ले पराजित गरेको हो ।

    टोटेनहम हटस्परको जितमा ओलिभर स्किप र कप्तान ह्यारी केनले  गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

    images

    दोस्रो हाफको शुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाए भने ८२औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरिदिए ।

    उक्त जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंकमा छ भने चेल्सी २४ खेलबाट ३१ अंकसहित १०औं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल