शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला टी२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 234
    SHARES
  • महिला टी२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

    महिला टी२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौं पटक उपाधि जितेको हो । 

    images

    यो अष्ट्रेलियाली महिला टोलीको लागि सातौं टी२० विश्वकप फाइनल थियो र छैटौं पटक ट्रफी जित्यो । केप टाउनको न्युल्यान्ड्समा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

    बेथ मुनीले ५३ बलमा ७४ रनको अविजित इनिङ खेलिन् । जवाफमा दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाउन सक्यो ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट