शनिबार, श्रावण ३० गते २०८३
images
images

आर्मीलाई हराउँदै सातदोबाटो केपी कपको फाइनलमा प्रवेश

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 226
    SHARES
  • आर्मीलाई हराउँदै सातदोबाटो केपी कपको फाइनलमा प्रवेश

    काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको ओजनामा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता २०७९ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब फाइनलमा प्रवेश गरेको छ । 

    images

    त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो ।

    निर्धारित ९० मिनेटको गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा सातदोबाटोले बाजी मार्यो।

    images

    पेनाल्टीमा सातदोबाटोका सुदिप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसीडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गरे ।

    दिपक राज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरे ।

    आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दिपक गुरुङले गोल गरे ।

    सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए भने विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्नेछ ।

    दुई टोलीबीचको सेमिफाइनल खेल आइतबार वर्षाले प्रभावित गरेको थियो । एन्फा कम्प्लेक्समा दोस्रो हाफको खेल चलिरहदाँ मेघगर्जन सहित वर्षा भएपछि खेल रोकिएको थियो । दुई टोलीबीचको खेल दोस्रो हाफबाट पुनस् आज खेलाईएको हो ।  

  • सम्बन्धित विषय:

  • # फुटबल