शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सन्दीपले पाए विदेश जाने अनुमति

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 257
    SHARES
  • सन्दीपले पाए विदेश जाने अनुमति

    नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तान सन्दीप लामिछानेलाई विदेश जाने अनुमित पाएका छन्स । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो।

    images

    सर्वोच्चले उनलाई थुनामा राख्न पनि आवस्यक नरहेको ठहर गरेको छ । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो । पुनरावेदनमा थुनामै राख्न माग गरिएको थियो ।

    तर इजलासले थुनामा राख्न नपर्ने देखिएको आदेश दिएको छ । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित निवेदन दिएका थिए ।

    images

    उक्त निवेदनमा माग गरिए अनुसार नै सर्वोच्चले आदेश दिएको छ । दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरिएको थियो ।

    सर्वोच्चको पछिल्लो आदेशसँगै सन्दीप यूएईमा जारी विश्वकप क्रिकेट लिग २ खेल्न जान पाउने भएका छन्। युएईमा नेपालले आगामी खेल आयोजकविरुद्ध खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट