काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्बल पहिलो संस्करणको झापा भद्रपुर गोल्डकप च्याम्पियन बनेको छ ।
मंगलबार भएको फाइनल खेलमा गत संस्करणको शीर्ष डिभिजनको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल पनि गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टीमा गरिएको खेलमा आर्मीले बाजी मर्यो । आर्मीका गोलकिरपले मछिन्द्रका रञ्जित धिमाल रदेबेन्द्र तामाङ पेनाल्टी बचाएका थिए ।
उक्त जितसँगै आर्मीले १३ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको मछिन्द्रले ७ लाखमा चित्त बुझाएको छ ।
बेष्ट प्लेयर अफ दि फाइनल र बेष्ट किपर आर्मीका समित श्रेष्ठ घोषित भए । उनले नगद ४५ हजार प्राप्त गरे । राइजिङ प्लेयर अफ दि टुर्नामेन्ट मछिन्द्रका शौरभ लिम्बु घोषित भए ।
सर्वाधिक गोलकर्ता चर्च व्वाइजका आशिष चौधरी र मछिन्द्रका सुजल श्रेष्ठ घोषित भए । बेष्ट कोच आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले जनही २५ हजार प्राप्त गरे ।
बेष्ट प्लेयर अफ दि टुर्नामेन्ट मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद १ लाख रुपैया प्राप्त गरे ।
यसअघि हिजो मात्रै काठमाडौंमा भएको केपी ओली कफको फाइनमा प्रवेश गरेको मछिन्द्रले आजै भद्रपुर गोल्डकपको फाइनल खेलेको हो ।
यस्तै मछिन्द्रले भोली केपी कपको फाइनलमा सातदोबाटो युथ क्बलसँग दशरथ रंगशालामा खेल्नेछ ।



