काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल क्लबलाई सागर डिस्टिलरी प्रालीको 'रोयल ब्लु'ले मुख्य प्रायोजन गरेको छ ।
बिहिवार काठमाडौं पत्रकार सम्मेलन गरि सातदोबाटो युथ क्लबले जानकारी गराएको हो ।
यस्तै यो सम्झौता अवधि एक बर्षको रहने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुख्य प्रयोजक गरे सँग अब सातदोबाटो क्लबको नाम 'रोयल ब्लु सातदोबाटो युथ क्लब' रहनेछ । रोयल ब्लुले सातदोबाटोलाई जर्सी, खेल मैदान, क्लबका विभिन्न कार्यक्रममा प्रचारात्मक सहयोग गर्नेछ ।
यस सिजनको 'ए' डिभिजन लिग भोलि शुक्रबार अर्थात् १९ गतेबाट सुरु हुँदैछ ।
सातदोबाटोले 'ए' डिभिजन लिग दोस्रोपटक खेल्दैछ । गत सिजनमा नवप्रवेशी टोलि बनेको सातदोबाटोले पहिलो प्रयासमै सानदार प्रदर्शन गरेको थियो ।
गत सिजन मेगराज केसीको प्रशिक्षणमा रहेको सातदोबाटो चौथो स्थान हात पारेको थियो ।



