काठमाडौँ । नेपाल यू-१९ विश्वकपमा छनौट भएको छ । विश्वकपको छनौट खेल अन्तर्गत युएईलाई ६ रनले पराजित गर्दै नेपाल एशिया क्षेत्रबाट विश्वकपमा छनौट भएको हो ।
योसँगै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपको नेपालले स्थान बनाएको छ ।
जितको लागि १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८४ रन बनाएर अलआउट भएको थियो । यस खेलमा नेपाली बलर दीपेश कँडेलले ४८औं ओभरमा तीन विकेट लिँदै नेपाललाई जिताएका थिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १९१ रन बनाएको थियो ।



