काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग २ अन्तर्गतको आफ्नो ३० औं खेलमा नेपालले युएईसँग पराजित भएको छ ।
दुवई क्रिकेट स्टेडियममा आज भएको खेलमा युएईले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले ३१.५ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएपछि खेल ६८ रनले हारेको हो ।
नेपालका कुशल मल्लले सर्बाधिक ६० रन बनाए भने सन्दीप लामिछानेले अविजित २६, आसिफ सेखले १७ रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले ४, कुशल भुर्तेल र करण केसीले ५/५, आसिफ सेख १७, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल र अरिफ सेख डक आउट, दिपेन्द्र सिंह ऐरी ७, गुलशन झा ४ रन बनाएर आउट भएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाउदै २०७ रन बनाएको थियो ।
युएईका लागि आसिफ खानले ७२ रन बनाएका छन् । यस्तै रोहन मुस्ताफाले नटआउट ५२, आर्यन लक्रा २८, चुन्डागापोइल रिजवान २२, वृत्य अरविन्दले १८ रन बनाएका थिए ।
त्यस्तै नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए । यस्तै आरिफि शेख, कुशल मल्ल र करन केसीले एक–एक विकेट लिएका थिए ।
नेपालले पछिल्ला आइसीसी विश्वकप लिग अन्तर्गत पछिल्ला ६ खेलमा बेहोरेको यो पहिलो हार हो । यसअघि पाँच खेल लगातार जितेको थियो ।
उक्त जितसँगै आइसीसी विश्वकप लिग २ मा युएईको ३० खेलमा ३१ अंक भएको छ र अंक तालिकामा पाँचौ स्थानमा रहेको छ । त्यस्तै नेपालको भने ३० खेलमा २८ अंक रहेको छ । अब जारी सिरिज अन्तर्गत नेपालले शुक्रबार पिएनजीको सामना गर्ने छ ।



